NEPAL MAGAR TOURISM SOCIETY

ट्रिप एडभाइजरको सूचीमा काठमाडौं तेस्रो

PUBLISHED August 17, 2014

ट्रिप एडभाइजरको सूचीमा काठमाडौं तेस्रो

संसारका उत्कृष्ट १० उदीयमान पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं पनि परेको छ । काठमाडौं यो सूचीमा पर्ने दक्षिण एसियाली मुलुकको एकमात्र गन्तव्य हो । विश्वविख्यात ट्राभल वेबसाइट ट्रिप एडभाइजरले यो सूची तयार गर्छ । यो वर्षको सूचीमा काठमाडौं तेस्रो नम्बरमा छ । यो वेबसाइटले लाखौं पर्यटकहरुको प्रतिक्रिया र समीक्षाका आधारमा उत्कृष्ट १० गन्तव्यको सूची सार्वजनिक गर्छ ।

संसारका ठूला टुर अपरेटरहरुले यो सूचीलाई आफ्नो ब्रोसरमा राख्छन् । ट्रिप एडभाइजरको सूचीलाई पछ्याउँदै धेरै पर्यटक घुम्न निस्किन्छन् । ट्रिप एडभाइजरले विश्वकै पर्यटन बजारलाई प्रभावित पार्छ । ट्रिप एडभाइजर वेबसाइट प्रतिमहिना २५ करोडभन्दा बढील हेर्ने बताइएको छ । यसले अमेरिका, एसिया, अफ्रिका तथा यूरोपलाई समेटेको छ ।

ट्रिप एडभाइजरको सूचीमा पहिलो स्थानमा  क्युवाको हवाना, दोस्रोमा कोस्टारिकाको ला फोच्र्युना, तेस्रोमा नेपालको काठमाडौं, चौथोमा इजरायलको जेरुसेलम र पाँचौंमा पेरुको सुस्को छन् । त्यस्तै छैठौंमा बेलिजको एम्बर्गिस, सातौंमा जापानको साप्पोरो, आठौंमा भियतनामको हनोइ, नवौंमा स्पेनको कोरालेज्जो र दशौं नम्बरमा ब्राजिलको फोर्टालेज्जा छन् ।

ट्रिप एडभाइजरले काठमाडौंलाई अग्रसूचीमा राख्नुले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । धेरै पर्यटक यसकै आधारमा घुम्न निस्किने भएकाले नेपालका पर्यटक बढ्ने विश्वास सरोकारवालाले गरेका छन् । यो सूचीबाट नेपालको प्रचारप्रसार विश्व स्तरमा हुनेछ ।

About Nepal Magar Tourism Society

Nepal Magar Tourism Society (NMTS)--the name itself is pretty self-explanatory that who we are and what we do. It was founded in the year 2010, with the aim to unite all the Magar tourism entrepreneurs from across the country and outside and promote tourism--together. It is a non-profit, non-governmental, and non-political organization formally registered with the District Administration Office, Kathmandu ...

read more

About Magar

Magar is one, of the 59 indigenous peoples of Nepal, recognized by the government as indigenous nationalities having own distinct language, culture, rituals and history. Their settlements stretch over the western and southern edges of Dhaulagiri Himalayan range and eastwards to the Gandaki River basin ...

read more

Quick Inquiry